बीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी काम छाडेर आन्दोलनमा, सयौं बिरामी अलपत्र

    • स्वास्थ्य पेज

  • २० भाद्र २०७८, आईतवार

तस्विरः फाइल

सुनसरीः धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै चिकित्सकले आजदेखि काम छाडेर आन्दोलनमा उत्रिएका छन् ।

आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परिक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले प्रतिष्ठानका चिकित्सक र कर्मचारीहरुका मागलाई पुरा गर्न अटेर गरेका कारण बाध्य भएर काम बहिष्कार गरेको उनीहरुको भनाइ छ ।

प्रतिष्ठान सुधारको माग राखेर तीन महिनादेखि आन्दोलन जारी राख्दा समेत सरकारले सुधारप्रति चासो नदेखाएपछि पुन आन्दोलनमा जान बाध्य भएको पनि उनीहरुको भनाइ छ ।

डा। बैकुण्ठ अर्यालको प्रतिबेदन तथा आन्दोलनकारी र डाक्टर गोविन्द केसीसंग गरिएको सहमति कार्यान्वयन नगरेका कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डाकटर विष्णु पोखरेलले बताउनुभएको छ ।

प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले प्रतिष्ठानमा करौडौं आर्थिक अनियमितता गरेको भन्दै उनीहरुको बर्खास्ती र प्रतिष्ठानमा अन्य सुधारका काम गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सयौं बिरामीहरु अलपत्र परेका छन् ।

  • २० भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech