बाँकेमा कोभिड संक्रमितको संख्या १८ हजार ३४ पुग्यो

    • स्वास्थ्य पेज

  • १७ भाद्र २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १४५ नमुना परीक्षण गर्दा थप २० जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १५ र कोहलपुर मेडिकल कलेजको प्रयोगशालामा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । तिमध्ये बाँकेका ११ जना छन् ।

ती मध्ये कोहलपुर नगरपालिकाका ७ र नेपालगन्जका ४ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ३४ पुगेको छ ।

यस्तै आज थप ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ९५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय ३३ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १८ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । ३१ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech