सर्वोच्चले काका ससुराले पनि मिर्गौला दिन पाउने बाटो खोल्यो

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७८, बुधबार

नेपालगन्जः अव काका ससुराले पनि मिर्गौला दिन पाउने भएका छन् । सर्वोच्च अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गरेको छ।

सर्वोच्चले मानव अंग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भन्दै काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने भनेको छ। फैसलाको पुर्णपाठ तयार नभएकाले सक्षिप्त आदेश गर्दै सर्वोच्चले यस्तो व्याख्या गरेको हो।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीलाई भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काका ससुरा नजिकको नातेदारमा नपर्ने भन्दै उहाँको मिर्गौला प्रत्यारोपण गर्न इन्कार गरेको थियो।

अस्पतालले ऐनमा नजिकको नातेदारको परिभाषामा काका ससुरा उल्लेख नभएको भन्दै उहाँको मिर्गौला दान लिन नमिल्ने जिकिर गरेको थियो।

सर्वोच्चले काका ससुरालाई पनि समावेश गराउन सकिने फैसला गर्दै यो बाटो खोलेको हो।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech