काठमाडौं उपत्यकाको निषेधाज्ञा भोलिदेखि हट्ने

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७८, बुधबार

नेपालगन्जः काठमाडौं उपत्यकाका बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा हटेको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको हो । बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर भाद्र मसान्तसम्मका लागि आदेश जारी गरिएको बताउनुभयो ।

उहाले स्वास्थ्य मापदण्डहरु पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गएको जिकिर गर्नुभयो । उहाले अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको तर गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने भएको जानकारी दिनुभयो । त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने उहाले बताउनुभयो ।

ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म गर्न पाइने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै जात्रा पर्व महोत्सव, भोज भतेर गर्न नपाईने प्रशासनले जानकारी दिएको छ ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech