चैतदेखि हालसम्म जमुनाह नाकामा २४,३७९ जनाको एन्टिजेन परीक्षण, ३४० जनामा कोभिड

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्जः नेपाल–भारतसीमा नाका जमुनाहमा रहेको हेल्थडेस्कले दोस्रो लहरको भाइरस संक्रमण सुरु भएदेखि हालसम्म २४ हजारबढीको एन्टिजेन परीक्षण गरेको छ ।

भारतबाट नेपाल फर्किएका मध्ये शंकास्पद २४ हजार ३ सय ७९ जनाको एन्टिजेन परीक्षण गरिएको जमुनाह हेल्थडेस्कका प्रमुख रामबहादुर शाहीले बताउनुभयो । चैत महिनादेखि भदौ १६ गतेसम्म परीक्षण गरिएकामध्ये ३ सय ४० जनालाई भाइरस संक्रमण पुष्टि भएको छ ।

दैनिक किनमेलका लागि रुपैडियाँ जाने र आउनेको परीक्षण गर्ने गरिएको छैन् । तर रोजगारीको शिलशिलामा भारत पुगेका र त्यसमा पनि जोखिम क्षेत्रबाट फर्किएका सबै नागरिकको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

परीक्षण गरिएकामध्ये दैनिक १ देखि ७ जनासम्ममा कोरोना पोजेटिभ देखिने गरेको शाहीको भनाइ छ । एन्टिजेन परिक्षणसँगै औंलो र टिवि रोगको समेत हेल्थडेस्कमा परीक्षण गर्ने गरिएको छ ।

भारतबाट फर्किने नेपालीमा औंलो र टिविको जोखिम पनि उत्तिकै रहने भएकाले यसको पनि परीक्षण गर्ने गरिएको छ । हेल्थडेस्कमा १४ जना स्वास्थ्यकर्मी छन् । जसमध्ये ३ जना ल्याब टेक्निसियन छन् ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech