मोसो दल्नेले आत्मसमर्पण गरेपछि दाङका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७८, बुधबार

दाङः राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा बिनोद सिंहलाई कालोमोसो दलिएको घटनामा मुख्य योजनाकार मानिएका सर्जन परियार आफै प्रहरीकहाँ पुगेपछि आइतवारदेखि काम रोकेर सडक संघर्ष गर्दै आएका दाङका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आजदेखि काममा फर्किएका छन् ।

डा सिंहलाई कार्यकक्षमै कालोमोसो दलेको विरोधमा जिल्लाका सम्पूर्ण चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरू काम रोकेर आन्दोलनमा उत्रिएका थिए । आइतबार तुलसीपुरमा र सोमबार घोराहीमा प्रर्दशन गरेका उनीहरूको आज बुधबार लमहीमा पर्दशन गर्ने योजना थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले दुई दिन अगाडि मोसो दल्ने डिल्ली डाँगीसहित दिवश क्षेत्रीलाई घोराहीको रतनपुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म तीन जना पक्राउ परेका छन् ।

एसपी काफ्लेले घटनामा झन्डै १० जना जतिको संलग्नता देखिएको भन्दै अरू भने फरार रहेको जानकारी दिनुभयो । परेकाहरूविरुद्ध स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ अनुसार मुद्दा दायर गरिएको छ । जसमा बढीमा ५ वर्षसम्म जेल सजाएको व्यवस्था छ ।

 

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech