आज बाँकेमा १४ जना थपिए, ६ जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८६ नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा ८ र कोहलपुर मेडिकल कलेजमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

तिमध्ये बाँकेका ८ जना छन् । ती अधिकांश कोहलपुरका ५ र बैजनाथ, खजुरा र राप्तीसोनारी गाउँपालिकाका ११ जना रहेका छन्। योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या अव १८ हजार १५ पुगेको छ ।

यस्तै आज र ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ६७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय ३६ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १८ रहेको छ भने ५ जना भेन्टिलेटरमा छन् । २४ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech