पाँच दिनपछि घट्यो भारतमा संक्रमण दर , थपिए करिब ३१ हजार संक्रमित

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०७८, मंगलवार

नेपालगन्जः भारतमा करिब ३१ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। पाँचदिनसम्म लगातार दैनिक ४० हजारभन्दा बढी संक्रमित पहिचान भइरहेको भारतमा आज भने ३० हजार ९४१ जना कोभिड १९ संक्रमित थपिएका हुन्। पुष्टि भएका संक्रमित मध्ये १९ हजार ६२२ जना केरलामा भेटिएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा ३६ हजार २७५ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ७० हजार ६४० पुगेको छ।

संक्रमणका कारण थप ३५० जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ४ लाख ३८ हजार ५६० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech