झलनाथलाई मिर्गौला दान गर्ने को हुन् ?

    • स्वास्थ्य पेज

  • १४ भाद्र २०७८, सोमबार

नेपालगन्जः पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको भन्दै मिर्गौला दाता, उपचारमा संलग्न चिकित्सक र आफ्नो उपचारका लागि सहयोग उपलब्ध गराएको सरकारलाई धन्यवाद दिनुभएको छ ।

करिव दुई महिनाको उपचारपछि भारतको नयाँ दिल्लीबाट सोमबार काठमाडौं फर्किनुभएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नो शरीरमा प्रत्यारोपण गरिएको मिर्गौैला नाताले छोरी पर्ने मेलिना चित्रकारले उपलब्ध गराएको बताउनुभयो ।

उहाँले आफ्नै दिदी जेठीसासुको छोरीले आफूलाई मिर्गौला दान गरेको बताउनुभयो। ‘छोरी मेलिना चित्रकारले आफ्नो सानोबालाई किड्नी दिन तयार रहेको खबर गरिन्,’ उहाँले भन्नुभयो–‘छोरी मेलिना चित्रकारलाई अस्पतालमा बोलाएँ। आवश्यक सम्पूर्ण परीक्षणपछि उनको मिर्गौला मेरो शरीरका लागि उपयुक्त हुने ठहर भयो।’ उहाँले छोरी मेलिनाप्रति आभार प्रकटसमेत गर्नुभयो ।

उहाँले मिर्गौला प्रत्यारोपणपछि आफूले नयाँ जीवन प्राप्त भएको महसुस गरेको पनि बताउनुभयो । ‘विल्कुलै नयाँ जीवन प्राप्त भएको महसुस गरेको छु,’ उहाँले भन्नुभयो–‘यो नयाँ जीवन बोनस प्राप्त गरेको नयाँ जीवन बनेको छ।’

 

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech