स्वास्थ्य मन्त्रालयका ८ उच्च अधिकारीको जिम्मेवारी हेरफेर

    • स्वास्थ्य पेज

  • १४ भाद्र २०७८, सोमबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका आठ उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको हो।

स्वास्थ्य मन्त्रिस्तरीय निर्णय अनुसार सार्क क्षयरोग केन्द्रका निर्देशक डा विवेक लाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा सरुवा गरिएको छ भने उनको ठाउँमा परिवार कल्याण महाशाखाका निर्देशक डा तारा पोखरेललाई लगिएको छ।

परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको भने डा शर्मालाई व्यवस्थापन सारिएको छ।

त्यस्तै क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ भने उनको ठाउँमा डा प्रकाश शाहलाई ल्याइएको छ।

मन्त्रालयका अनुसार भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा कृष्ण पौडेललाई नियुक्त भएका छन्। उक्त अस्पतालका मेसु डा रोशन न्यौपानेलाई गजेन्द्र नारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल सरुवा गरिएको छ।

 

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech