नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर एक हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार २९७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार २५९ जनाको पिअिसार परीक्षण गर्दा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टीजेन परीक्षण गर्दा १७४ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर दुई हजार २६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २४ एक जना संक्रमितको मृत्यु भएको छ।