काठमाडौंः एउटा अनुसन्धानले डेल्टा भेरिअन्टले अरूभन्दा दोब्बर ‘सिकस्त’ बनाउन सक्ने देखाएको छ ।
चिकित्सकीय अनुसन्धानहरू प्रकाशित गर्ने एउटा अन्तर्राष्ट्रिय जर्नल ‘द ल्यान्सेट’ले गरेको एउटा अध्ययनले कोरोना भाइरसको ‘डेल्टा’ भेरिअन्ट अरू भन्दा दोब्बर घातक रहेको निष्कर्ष निकालेको हो।
डेल्ट भेरिअन्टकै कारण महामारीमाको थप चपेटामा परेको बेलायतमा यो अध्ययन गरिएको थियो।
अध्ययन प्रतिवेदनका अनुसार अरूको तुलनामा यो भेरिअन्टमा मानिसहरू अझ बढी गम्भिर संक्रमित हुन्छन् र उनीहरूलाई अस्पताल नै पुर्याउनुपर्ने आवश्यकता अझ धेरै बढ्नसक्छ।
बेलायतमा मुख्य चुनौतीका रुपमा फैलिरहेको यो भेरिअन्टको बारेमा अनुसन्धान गरिएको उक्त रिपोर्टले खोपलाई निकै महत्व पनि दिएको छ।








