डा सिंहमाथि दुव्र्यवहार गर्नेलाई कारवाही गरः नेपाल चिकित्सक संघ बाँके

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७८, शनिबार

नेपालगन्जः राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहमाथि भएको घटनाको चिकित्सक संघ बाँकेले घोर भत्र्सना गरेको छ ।

संघका अध्यक्ष डा विनोद कर्णद्धारा जारी बिज्ञप्तीमा घटनामा संलग्न दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गरेको छ ।

शुक्रबार दिउँसो पौने २ बजेतिर एमाले निकट अनेरास्ववियू दाङका जिल्ला अध्यक्ष सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित युवाहरुले डा सिंहमाथि कालोमोसो दलेर दुव्र्यबहार गरेका थिए ।

कोरोना भाइरस महामारीका समयमा आफ्नो ज्यानको प्रवाह नगरि सेवा प्रवाह गरिरहेको अवस्थामा कार्यकक्षमै पसेर मेसुमाथि गरिएको दुव्र्यवहार अमानवीय कार्य भएको भन्दै दोषीलाई प्रचलित कानुन अनुसार कारवाही गर्न विज्ञप्तीमार्फत माग गरिएको छ।

अस्पतालमा नभएको कल्चर सेवा विषयमा विवाद हुँदा परियारसहितको टोलीले डा सिंहमाथि कालोमोसो दलेका थिए ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech