डाक्टरलाई कालोमोसो दल्नेलाई कारबाही माग गर्दै प्रहरी कार्यालयमा धर्ना

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७८, शनिबार

बुटवलः राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेको भन्दै स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।

अस्पताल विकास समितिका पदाधिकारी, अस्पतालका चिकित्सक र कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले संयुक्त रुपमा शनिबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका हुन् । प्रहरीले यस विषयमा चासो नदिएको उनीहरुको आरोप छ ।

शुक्रबार दिउँसो पौने २ बजेतिर एमाले निकट अनेरास्ववियू दाङका जिल्ला अध्यक्ष सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित युवाहरुले डा। सिंहमाथि कालोमोसो दलेर दुव्र्यबहार गरेका थिए ।

अस्पतालमा नभएको कल्चर सेवा विषयमा विवाद हुँदा परियारसहितको टोलीले डा। सिंहमाथि कालोमोसो दलेका थिए । घटनाको विरोधमा आइतबार बिहान ८ बजे विरोध जुलुस निकाल्ने र आइतबार थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने स्वास्थ्यकर्मीले बताएका छन् ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech