नेपालगन्ज : बाँकेमा आज थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११० नमुना परिक्षण गर्दा १३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ८ जना र मेडिकल कलेज कोहलपुरमा ५ जना गरि १३ जनामा संक्रमण देखिएको हो । बागेश्वरी प्रयोगशालामा २६ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
आज संक्रमण पुष्टि भएका मध्य बाँकेका ६ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ८७ पुगेको छ । आज संक्रमण मुक्त भएर थप १० जना डिस्चार्ज भएका छ्न ।
यो संगै डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ५ सय ४० पुगेको छ ।