सेनिटाइजर पिउनु भएका बराइलीको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ भाद्र २०७८, शनिबार

धनगढी: कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । सेनिटाइजर पिएका कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाका टीकाराम बराइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जुगेडामै स्थानीय मेडिकलमा पुग्नु भएको थियो । त्यहाँ उहाँलाई स्लाइन चढाइएको थियो ।

समान्य उपचारपछि घर फर्किएका उहााको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँले सेनिटाइजर पिउनुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

  • १२ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech