आज देखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७८, शुक्रबार

तस्बिर:फाइल

काठमाडौंः काठमाडौंमा आज देखि तीन दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समूहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक लगायतकालाई खोप दिइन लागेको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

त्यसैगरी, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप लगाउन लागेको कार्यालयले जनाएको छ ।

कार्यालयकाअनुसार दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बर ल्याएको आधारमा खोप दिइने छ ।

काठमाडौंका सबै पालिकामा–१ सय ४६ खोप केन्द्रका राखिएको छ । यस्तै, काठमाडौंको राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा पनि खोप लगाउन पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech