कोरोनाको जोखिम: पर्यटकिय क्षेत्रमा भिडभाड, छैन सर्तकता

    • स्वास्थ्य पेज

  • ११ भाद्र २०७८, शुक्रबार

नेपालगन्जः तेस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको बेला सार्वजनिकस्थल तथा पर्यटकीय क्षेत्रमा मानिसहरुको भीड लाग्न थालेको छ । जोखिमका बीचमा पनि मानिसले पर्यटकीय क्षेत्रमा रमाइलो गर्न भने छोडेका छैनन् ।

बाँकेको नरैनापुर गाउँपालिकास्थित सन्तानेश्वर मन्दिरमा दैनिक भिडभाड हुने गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेपनि आन्तरिक पर्यटकहरुको लागि भ्रमण गर्ने प्रमुख थलो बनेको छ ।

नेपालगन्जको बागेश्वरी मन्दिरमा पनि दर्शन गर्नेहरुको भिडभाड बढेको छ । दर्शन गर्न जाने अधिकांशले मास्क लगाउने गरेका छैनन् । भौतिक दूरीको समेत पालना भएको छैन् । ‘मानिसहरुको भीडभाड बढ्दै छ ।

कोरोनाको जोखिम बढेकाले सतर्क रहन आवश्यक छ, जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज वलीले भन्नुभयो–‘जहाँ भीडभाड हुन्छ, त्यहाँ कोरोनाको जोखिम धेरै रहन्छ ।’

कोहलपुरको भाइरल रोड सामाजिक सञ्जाल टिकटकको लागि भिडियो र फेसबुकको लागि सेल्फी लिने ठाउँ बन्दै गएको छ । सयौं युवायुवती यहाँ टिकटक भिडियो बनाउन उपस्थिति हुने गरेका छन् ।

पछिल्लो समय मठमन्दिर, तथा पर्यटकिय क्षेत्रहरुमा बढ्दो भिडभाडले कोरोनाको जोखिम झन बढाउँदै गएको चिकित्सकहरु बताउँछन् ।

  • ११ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech