नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा शुक्रबार कोरोना भाइरस संक्रमित थप एकजनाको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका–७ रोल्पाका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । उनलाई विहीबार भाइरस संक्रमण पुष्टि भएको थियो ।
उनी बिहीबार नै भेरीमा भर्ना भएका थिए ।
तर उपचारका क्रममा आज विहान करिव १० बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ९८ जनाको मृत्यु भएको छ ।