नेपालगन्जः बाँकेमा आजदेखि कक्षा १२ का बिद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ।
आज र भोलि दुई दिन आठवटै पालिकामा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोप दिन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार, २०७७ सालमा एडमिट भएर परीक्षा दिनका लागि प्रवेश पत्र हातमा लिएका १८ वर्षमाथिकालाई मात्रै खोप दिइने छ ।
बाँकेमा ६ हजार १ सय ५८ जना विद्यार्थीलाई खोप दिने लक्ष्य लिएको शर्माले बताउनुभयो ।
साउन ३१ गतेदेखि सुरु हुने भनिएको परीक्षा भाइरस संक्रमणको जोखिमकै कारण अर्को सूचना नभएसम्म स्थगित गरिएको थियो ।