बाँकेमा आज फेरि संक्रमण उच्च, ५१ जना थपिए, ८ जना बालबालिका, कोहलपुर उच्च जोखिममा

    • स्वास्थ्य पेज

  • १० भाद्र २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा आज थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २१८ नमुना परिक्षण गर्दा ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । तीमध्ये १८ वर्ष मुनिका ८ जना बालबालिका छन् ।

भेरी अस्पतालमा ४०, मेडिकल कलेज कोहलपुरमा ९ जना र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टि भएका मध्य बाँकेका ३५ जना छन् । तीमध्ये अधिकांश कोहलपुरका छन् । कोहलपुरका २५, नेपालगन्जका ८, डुडुवा र खजुरा गाउँपालिकाका १-१ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ६७ पुगेको छ ।

आज १५ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १४९ रहेको छ । सिकिस्त बिरामी १५ जना छन भने मध्यम बिरामी २९ जना रहेका छन् । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

  • १० भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech