बाँकेमा थप ३९ जनामा कोभिड पुष्टि, आज पनि कोहलपुरकै धेरै

    • स्वास्थ्य पेज

  • ८ भाद्र २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १६३ नमुना परिक्षण गर्दा ३९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । यो परीक्षण गरिएका नमुनामध्ये करिव २४ प्रतिशत हो ।

भेरी अस्पतालमा १६, मेडिकल कलेज कोहलपुरमा २२ जना र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

आज संक्रमण पुष्टि भएका मध्य बाँकेका १९ जना छन् । तीमध्ये अधिकांश कोहलपुरका छन् । कोहलपुरका १३, बैजनाथ र राप्तीसोनारीका २-२ जना, नेपालगन्ज र जानकीका १-१ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय २४ पुगेको छ ।

आज १७ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ७४ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १७० रहेको छ । सिकिस्त बिरामी १६ जना छन भने मध्यम बिरामी ३४ जना रहेका छन् । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

  • ८ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech