नेपालगन्जः बाँकेमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज खोप लगाउन शुरु गरिएको छ ।
कोभिड विरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जिल्लाका ८१ वटै वडाका स्वास्थ्य संस्थाबाट लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।
गत साउन ३ देखि १२ गतेसम्म खोप लगाएकालाई भदौ ७ र ८ गते दोस्रो डोज लगाउने कार्यक्रम अन्तर्गत् खोप लगाउन सुरु गरिएको हो । यो अवधिमा ५५ वर्ष र त्यस भन्दा माथिको उमेर समूहका पहिलो डोज लगाउन बाँकी नागरिक, प्राध्यापक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक–सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी ब्यक्तिहरुलाई पहिलो मात्रा खोप लगाइएको थियो ।
बाँकेमा भेरोसेलको पहिलो डोज ३३ हजार ३ सय ३३ जनाले लगाएका थिए ।