जनकपुर अस्पतालमा बेथितिः सादा कागजमा लेखेर १ करोड ४१ लाख भत्ता लिइयो

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०७८, सोमबार

नेपालगन्जः प्रादेशिक अस्पताल, जनकपुरमा सादा कागजमा लेखेको भरमा दैनिक भ्रमण भत्ता, अन्य भत्ता र विद्युत प्राधिकरणको रकम भुक्तानी गरेको तथ्य फेला परेको छ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अस्पतालले सादा काजगमा कर्मचारीहरुको दैनिक भ्रमण भत्ता, अन्य भत्ता र विद्युत प्राधिकरणको भुक्तानी उल्लेख गरी १ करोड ४१ लाख ३८ हजार खर्च गरेको हो।

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६ ९३० बमोजिम कुनै रकमको भुक्तानी दिँदा खर्चको बिल भर्पाइसहित लेखा राख्नुपर्ने हुन्छ। यस्का साथै सोही नियमावलीको नियम ३६ ९८० बमोजिम रीत पुगे नपुगेको जाँच गरेर मात्र रकम भुक्तानी दिनुपर्ने हुन्छ। तर अस्पतालले उक्त नियमविपरित सादा कागजमा लेखेकै भरमा रकम खर्च गरिएको पाइएको हो।

महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणको क्रममा उक्त खर्चको स्रेस्ता फेला पार्न नसकेपछि खर्चको स्रेस्ता पेश गर्न सुझाव दिएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ को नियम ८५ अनुसार २० लाख रुपैयाँसम्मको औषधि सोझै खरिद गर्न सकिने व्यवस्था रहेको छ। तर अस्पतालले विभिन्न घछ फर्मबाट पटक–पटक २० लाख रुपैयाँभन्दा बढी १ करोड २४ लाखको विभिन्न औषधि एवं उपकरण खरिद गरेको छ।

‘नियममा तोकिएको सीमा समेतलाई नाघी खर्च गर्नु उपयुक्त देखिएन। सीमा भन्दा बढीको खरिद कार्य प्रतिस्पर्धाबाट गर्नुपर्दछ’–प्रतिवेदनमा भनिएको छ।

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६९८० मा भुक्तानी पूर्व रीत पुगे नपुगेको चेकजाँच गरेर मात्र भुक्तानी दिनु पर्ने व्यवस्था छ।

अस्पतालले क्यान्टिन भवन निर्माणका एक कन्स्ट्रक्सनलाई दोश्रो तथा अन्तिम बिलको २१ लाख ७१ हजार रुपैयाँ भुक्तानी गर्दा काम सम्पन्न गरेको भनी भुक्तानी गरेकोमा भवन निरीक्षण गर्दा पार्ट्रेसन र ढोका राख्ने काम गरेको देखिएन। नभएको कामको भुक्तानी गर्नेलाई कानुन बमोजिम कारवाही गरी ४ लाख ४ हजार असुल गर्न महालेखाले सुझाव दिएको छ।

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech