कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीको राखि

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७८, आईतवार

काभ्रेः भकुण्डेबेशीस्थित जनक क्याम्पसमा रहेको आइसोलेसनमा भर्ना भएका कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीले राँखि बाँधिदिएका छन् ।

पीपीई सेटसहित खटिएका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मापदण्ड पालना गर्दै उनीहरूको सुस्वास्थ्य एवं दीर्घायुको कामनाका साथ राखी र टिका लगाइदिएका हुन् ।

जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर खुसीयाली साथ मनाइरहँदा आइसोलेसनमा बसेका बिरामीलाई चाडपर्वको समयमा एक्लोपन महसुस नहोस् भनेर राखी बाँधिदिने टिका लगाइदिने काम भएको आइसोलेसन केन्द्रकी इन्चार्ज मथुरा सत्यालले बताउनुभयो ।

आइसोलेसनमा ३० बर्षदेखि ७६ बर्षसम्मका बिरामी भर्ना भएका छन् । उक्त आइसोलेसन केन्द्र नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्तरुपमा स्थापना गरेका हुन् । आइसोलेसन केन्द्रमा हाल १० जना संक्रमित छन्

  • ६ भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech