थप १९२० जनामा संक्रमण, २४ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७८, आईतवार

नेपालगन्जः नेपालमा आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ४ सय ४३ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय २ र ३ हजार ७३ एन्टीजेन परिक्षणका क्रममा २१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ६ सय ४२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ५०९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप दुई हजार दुई सय ४८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ९८ हजार १७३ जना कोरोनामुक्त भएका छन् । हाल ३८ हजार ७५१ जना संक्रमित आइशोलेशन र ४२१ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३८ लाख ३० हजार ६९१ वटा पिसिआर र ४ लाख ३२ हजार ५५५ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

  • ६ भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech