तपाईलाई रातीको सेक्स मन पर्छ कि विहानीपखको ?

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७८, शनिबार

सेक्सका लागि सबैभन्दा उत्तम समय कुन हुन सक्छ ? धेरैजसो जोडीको मनमा यो सवाल उठिरहेको हुन्छ । जोडीको इच्छा र उपयुक्त वातावरण मिलेमा सेक्सका लागि कुनै समय कुरिरहनु आवश्यक त छैन तर लामो समयको अनुसन्धानपछि बिहानीपखको सेक्स सबैभन्दा राम्रो मानिएको छ।

हाम्रो समाजमा सबैले सेक्स गर्ने भए पनि कसैले पनि कहिल्यै सेक्स गर्दैनन कि जस्तो ब्यबहार गर्ने चलन छ। त्यसैले सेक्स एकान्त र सबै सुतिसकेपछि रातमा गर्ने चलन छ। तर, रातमा भन्दा पनि बिहान सेक्स गर्दा दिन राम्रो हुने सम्भावना रहन्छ। सेक्सपछि मनमा भएका तनाव कम हुन्छन्। मान्छेको स्वभाव सजिलो र रमाउने हुन्छ त्यसैले यौन सम्पर्क गर्दा दिन राम्रो हुन सक्छ।

बिहान गर्ने सेक्सका फाइदाहरुरु

एकाविहानै सेक्स गरे दिनभरि “मुड फ्रेस” हुनसक्छ ।

बिहानको समयमा शरिरमा बढि मात्रामा सेक्स हार्मोन्सको उत्पादन हुने बताइन्छ । त्यसैले होला बिहान उठदा धेरै जसो पुरुषहरुको लिंग ठाडो भइरहेको हुन्छ । यसलाइ अंग्रेजीमा मर्निंग बोनर्स पनि भनिन्छ ।

त्यसैगरी, जोर्नी दुख्ने तथा अन्य हाडजन्य रोग पनि बिहानी सेक्सले कम गर्छ। बिहानी सेक्सले शरीरमा रक्तसञ्चार सन्तुलित गर्छ र उच्च रक्तचापको खतरा कम गर्छ ।

सेक्सले क्यालोरि जलाउन मद्दत गर्ने भए पनि यसले थकाइ लाग्दैन । त्यसैले, यौन पार्टनर दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग तिक्ष्ण र दिनभर ताजगी महसुस हुन्छ ।

विहानको सेक्सले महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढि देखिएको छ। विहानको सेक्स ब्रेकफाष्ट वा अन्य खानेकुरा नखाइ गर्नु उत्तम हुन्छ ।

  • ५ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech