लुम्बिनी प्रदेशका दुई जिल्लामा सक्रिय संक्रमितको संख्या पाँच सय

    • स्वास्थ्य पेज

  • ५ भाद्र २०७८, शनिबार

नेपालगन्जः लुम्बिनी प्रदेशका दुई जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । लुम्बिनीको दाङ र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको हो । यस्तै देशभर हाल २२ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।

६ प्रदेशमा गरी २२ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को ३, बागमतीको ९, गण्डकीको ६, लुम्बिनीको २, कर्णाली र सुदूरपश्चिमको एक÷एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्।

प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा र तनहुँ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यस्तै १७ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। यो सूचीमा धनकुटा, इलाम, धनुषा, बारा, सप्तरी, सिरहा, धादिङ, सिन्धुली, रामेछाप, लमजुङ, पर्वत, गुल्मी, पाल्पा, बाँके, बर्दिया, जुम्ला, कैलाली र कञ्चनपुर छन्।

  • ५ भाद्र २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech