नेपालगन्ज: बाँकेमा आज थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १०५ नमुना परिक्षण गर्दा २८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ६, मेडिकल कलेज कोहलपुरमा २० र बागेश्वरी प्रयोगशालामा २ जना गरि थप २८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।
आज संक्रमण पुष्टि भएका मध्य बाँकेका १५ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ९४ पुगेको छ । आज २२ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ३६ पुगेको छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १७५ रहेको ओलीले बताउनुभयो ।