भेरी अस्पतालमा पहिलो पटक पित्तथैली क्यान्सरको सफल शल्यक्रिया

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७८, शुक्रबार

नेपालगन्जःभेरी अस्पताल नेपालगन्जमा पहिलो पटक पित्तथैली क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । बर्दिया राजापुर नगरपालिका–४ की ४५ वर्षीया अनकली थारुको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

अस्पतालका ग्याष्ट्रोसर्जन डा ध्रुव शाह नेतृत्वको टीमले सफलतापूर्वक शल्यक्रिया गरेको हो । पित्तथैलीमा पथ्थरीको शल्यक्रियालाई जटिल मानिदैन् । तर क्यान्सर भैसकेकोपछि भने अत्यन्तै जटिल मानिन्छ । यो त झन कलेजो र ग्रन्थी नै बाहिर निकालेर शल्यक्रिया गर्नु परेकाले निकै जटिल शल्यक्रिया भएको डा शाहको भनाइ छ ।

‘यो एकदमै जटिल खाले शल्यक्रिया थियोे, डा शाहले स्वास्थ्य पेजसँग भन्नुभयो–‘क्यासनर भैसकेपछि अत्यन्तै जटिल हुन्छ । धेरै जसोको त शल्यक्रिया गर्नै मिल्दैन तर यो केशमा हाम्रो टीमले सफलतापूर्वक शल्यक्रिया गर्‍यो र बिरामीको ज्यान जोगियो ।’ उहाँका अनुसार शल्यक्रियापछि थारु आजै डिस्चार्ज भएर घर जानुभएको छ। उहाँको गएको साता शल्यक्रिया गरिएको थियो ।

 

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech