कोभिडबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७८, शुक्रबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । गुर्वाकोट नगरपालिका–५ सुर्खेतका ३९ वर्षीय पुरुषको आज मृत्यु भएको हो । उनी १७ गते कोभिड पुष्टि भएका थिए ।

त्यसको तीन दिन पछि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । तर स्वास्थ्य अवस्थामा सुधार नआउँदा दिउँसो सवा एक बजेतिर उनको मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ९० जनाको मृत्यु भएको छ ।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech