भीमदत्तमा एम्बुलेन्स र शववाहन सेवा सञ्चालन

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७८, बिहीबार

कंचनपुरः कोरोना रोकथाम तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले एम्बुलेन्स र शववाहन सेवा सञ्चालन गरेको छ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो। शववाहन नगरपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको छ।

एम्बुलेन्सलाई सीमा नाका गड्डाचौकीमा राखेर कोरोना सङ्क्रमित बिरामी बोक्न प्रयोग गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताउनुभयो ।

‘एम्बुलेन्स सञ्चालन गरी कोरोना सङ्क्रमितलाई निःशुल्करुपमा आइसोलेसनमा पुर्‍याउने कार्य गरिने छ उहाँले भन्नुभयो–‘शववाहनको प्रयोग कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न र अन्य शव बोक्नका लागि प्रयोगमा ल्याइने छ।’

एम्बुलेन्स र शववाहन सञ्चालनका लागि निर्देशिका तयार गरी व्यवस्थितरुपमा सञ्चालन गरिने उहाँको भनाइ छ।

 

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech