दुई पालिकाका विद्यालयमा पढाइ सुरु

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०७८, बिहीबार

रुकुम पूर्वः रुकुम पूर्वका दुई पालिकाका विद्यालयमा पढाइ सुरु भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना र आलोपालो गरेर भौतिक उपस्थितिमै पुथाउत्तरगंगा र भूमे गाउँपालिकामा पढाइ सुरु भएको हो ।

पुथाउत्तरगंगाका ५४ विद्यालयले पढाइ थालेका छन् । विद्यार्थी र शिक्षक आलोपालो गरी आउँछन् । गाउँपालिकाले गरेको कोरोना परीक्षणमा शिक्षकहरूको रिपोर्ट नेगेटिभ आएपछि विद्यालय खोलिएको हो ।

लामो समयदेखि पढाइ नभएको र अरू विधिबाट सम्भव नभएपछि भौतिक उपस्थितिमै पढाउन थालिएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले बताउनुभयो । जिल्लामा संक्रमण कम भएकाले पढाइ थालिएको पालिकाले जनाएका छन् ।

  • ३ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech