प्रधानमन्त्री देउवाद्धारा डा.केसीसँग चिकित्सा शिक्षा सुधारबारे छलफल गर्दै

    • स्वास्थ्य पेज

  • १ भाद्र २०७८, मंगलवार

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीलाई छलफलका लागि बोलाउनुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे छलफलका लागि बोलाएको डा केसी अलायन्सका प्रतिम सुवेदीले जानकारी दिनुभयो।

डा केसीले ५ बुँदे माग राख्नुभएको छ । उहाँले आफ्ना ५ बुँदे माग पुरा नभए ३ गतेबाट अनसन बस्ने चेतावनी दिनुभएको छ ।

डा केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहेको समयमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाउनुभएको छ ।

सुवेदीका अनुसार छलफलका लागि डा केसीसहितको टिम बालुवाटार जानुभएको छ ।

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech