नारायणी अस्पतालमा अख्तियारको छापा

    • स्वास्थ्य पेज

  • ३२ श्रावण २०७८, सोमबार

वीरगन्जः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगन्जमा छापा मारेको छ ।

अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार, हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।

अस्पतालले चार वर्षअघि २० लाख रुपैयाँ बीऊ पुँजी राखेर फार्मेसी शुरु गरेको थियो । अहिले आपूर्तिकर्ताको १ करोड ५१ लाख रुपैयाँ तिर्न बाँकी छ भने मौज्दात शून्य छ । फार्मेसीमा भएको औषधिको मूल्यांकन ३० लाख रुपैयाँ मात्र भएको छ ।

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech