बाँकेमा थप १३ जनामा कोभिड, कति छन सिकिस्त ?

    • स्वास्थ्य पेज

  • ३१ श्रावण २०७८, आईतवार

नेपालगन्ज : बाँकेमा आज थप १३ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८२ नमुना परिक्षण गर्दा १३ जनामा भाइरस संक्रमण देखिएको हो ।

भेरीमा २, मेडिकल कलेज कोहलपुरमा ६ र बागेश्वरी प्रयोगशालामा ५ जना गरि थप १३ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनु भयो । आज संक्रमण पुस्टि भएका मध्य बाँकेका ६ जना छ्न ।

यो संगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ७ सय ९५ पुगेको छ । आज ११ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय ७३ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या १३६ रहेको पनि ओलीले बताउनु भयो । सिकिस्त बिरामीको संख्या २३ छ भने मध्यम बिरामी २९ जना छ्न । ४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

 

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech