बझाङः जिल्लाको छविसपाथिभेरा गाउँपालिका–५ थलारा मावि थलारामा सेनेटरी प्याड मेसिन ९भेन्डिङ० जडान गरिएको छ। महिनावारी भएका बेला विद्यालयका छात्रा तथा शिक्षिकालाई सजिलो होस् भन्ने उद्देश्यले मेसिन जडान गरिएको विद्यालयका शिक्षक झलक धामीले जानकारी दिनुभयो।
मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना छविसपाथिभेरा गाउँपालिकाका फिल्ड संयोजक नरेश मल्लले बताए। छविसपाथिभेरा गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको लगानीमा उक्त मेसिन जडान गरिएको हो।
मेसिन जडान गर्दै विद्यालयका प्रधानाध्यापक हिक्मत जाग्रीले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएका बेला विद्यालय छाड्नुपर्ने छात्राको बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो ।
यसकोे व्यवस्था र उचित शौचालयको व्यवस्था नहुनुले महिनावारी भएका बेला अनुपस्थित हुने गरेको शिक्षक धामीले बताउनुभयो ।
हाल विद्यालय बन्द रहेकाले मेसिन जडानसँगै सबै छात्रा र शिक्षिकालाई वितरण गर्नका लागि स्मार्ट कार्ड पनि विद्यालयलाई हस्तान्तरण गरिसकेको र विद्यालय सञ्चालनमा आएपछि छात्रा र शिक्षिकालाई वितरण गर्ने प्रधानाध्यापक जाग्रीले जानकारी दिनुभयो ।