कोरोना भाइरस संक्रमितको संख्या आज फेरि बढ्यो

    • स्वास्थ्य पेज

  • २९ श्रावण २०७८, शुक्रबार

नेपालगन्जः नेपालमा शुक्रबार थप ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ७०८ पिसिआर परिक्षणका क्रममा २ हजार ७ सय ६३ र ६ हजार ८ सय ७४ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय ५२ पुगेको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार ५६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार २ सय ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ हजार १ सय १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ७९ हजार ४९५ संक्रमित निको भएका छन् । हाल नेपालमा ३८ हजार ७९८ सक्रिय संक्रमित आइशोलेशन र ४३९ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३७ लाख ४० हजार ८१७ वटा पिसिआर र ३ लाख ८६ हजार ९२९ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिंजो तुलनामा आज फेरि संक्रमितको संख्या बढेको छ ।

  • २९ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech