नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बाँके कोहलपुरका एकजना र अर्का कैलाली टीकापुरका संक्रमितको मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका-८ का ४३ वर्षीय पुरुषको गएराती १: ३० बजे मृत्यु भएको हो। साउन २१ गते अस्पताल भर्ना भएका उनलाई २२ गते कोभिड पुष्टि भएको थियो ।
यस्तै टीकापुर नगरपालिका-८ की ४५ वर्षीया महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो ।
उनी साउन २० गते अस्पताल भर्ना भएकी थिइन् । त्यसैदिन उनलाई कोभिड पुष्टि भएको थियो ।
यो संगै बाँके जिल्लाको मृतक संख्या ३२४ पुगेको छ भने अन्य जिल्लाको मृतक संख्या ३८७ पुगेको छ।