स्यानिटरी प्याडमा भ्याट छुटको माग गर्दै सर्वोच्चमा रिट

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७८, मंगलवार

काठमाडौंः महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा लगाइएको १३ प्रतिशत भ्याट खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

श्रीना नेपाल र अभ्युदर भेटवालले अर्थ, स्वास्थ्य, महिला तथा बालबालिका र कानून मन्त्रालयलाई विपक्षी बनाई निवेदन दिनुभएको हो ।

महिलाहरुका लागि अत्यावश्यक स्यानिटरी प्याडमा भ्याट र भन्सार शुल्क समेत लगाइनु गलत भएको उनीहरुको दावी छ ।

स्यानिटरी प्याडलाई अर्थ मन्त्रालयले ‘लक्जरी बस्तु’को कोटामा राखेको भन्दै उनीहरुले अत्यावश्यक सामग्रीमा सूचीकृत गर्न माग गरेका छन् ।

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech