नेपालगन्जः बाँकेमा आज थप २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाका तीन वटा प्रयोगलाशामा १६६ नमुना परीक्षण गर्दा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरीको प्रयोगशालामा ११८ नमुना परीक्षण गर्दा १९ र मेडिकल कलेज कोहलपुरमा २८ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण देखिएको छ । बागेश्वरी प्रयोगशालामा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । आज संक्रमण पुष्टि भएका मध्ये ६ जना बाँकेका हुन् ।
योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ७ सय २५ पुगेको छ । आज थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ९३ पुगेको छ । यस्तै थप एकजनाको मृत्यु भएको छ । योसँगै जिल्लामा मृत्यु हुनेको संख्या ३२३ पुगको छ ।
जिल्लामा १२ संक्रमित गम्भीर छन् भने १८ जना मध्यम खाले बिरामी हुन् । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ । जिल्लामा सक्रिय संक्रमित १२९ जना रहेको फोकलपर्सन वलीले बताउनुभयो ।