नेपालगन्जः लायन्स कल्ब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ अन्तर्गत एरिया न ६ को सहयोग र सहकार्य तथा मल्टिपल र इन्टरनेशनलको ग्रान्ट सहयोगमा भेरी अस्पताल नेपालगन्जलाई ठूलो परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराइएको छ ।
आज एक कार्यक्रमका बीच करिव ३० लाख मूल्यको अक्सिजन कन्सल्टेन्टर, सिप्याप, बिप्यापलगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । कोभिड–१९ संक्रमित बिरामीको उपचार तथा रोकथामका लागि यी सामाग्री प्रदान गरिएको लायन्सले जनाएको छ ।