सेती प्रादेशिक अस्पतालमा ३३ वर्षीय पुरुषसहित कोरोना संक्रमित दुईको मृत्यु

    • स्वास्थ्य पेज

  • २२ श्रावण २०७८, शुक्रबार

धनगढीः धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१ का ३३ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले मृतक महिला साउन १७ गते अस्पताल भर्ना भएकी थिइन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो भने अर्का मृतकको साउन २१ गतेदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

हाल कोभिड अस्थायी अस्पतालमा २९ जना संक्रमितको उपचार भइरहेको छ । उनीहरुमध्ये सातजनाको आईसीयू र दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

  • २२ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech