बालबालिकामा संक्रमण दर बढ्यो, एकैदिन कोहलपुरका ६ बालबालिकामा कोभिड

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०७८, बिहीबार

नेपालगन्जः बाँकेमा बालबालिकामा कोरोना भाइरसको संक्रमण दर बढेको छ । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ३१ जनामा भाइरस संक्रमण पुष्टि हुँदा २३ जना बाँकेका हुन् ।

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीका अनुसार संक्रमण पुष्टि भएका १३ जना कोहलपुरका छन् । तीमध्ये ६ जना बालबालिका छन् । उनीहरु ९ देखि १८ वर्षसम्मका छन् । कोहलपुर वडा नम्वर १, २, ५ र १० मा कोभिड संक्रमण बढी देखिएको छ ।

पछिल्लो समय बालबालिकामा भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् । आज १८८ नमुना परीक्षण गरिएको थियो ।

भेरीको प्रयोगशालामा एक सय नमुना परीक्षण गर्दा २०, मेडिकल कलेज कोहलपुरमा ५९ नमुना परीक्षण गर्दा ७ र बागेश्वरी प्रयोगशालामा २९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ६ सय ९३ पुगेको छ । आज ३ जना डिस्र्चाज भएका छन् । जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ६३ पुगेको छ । यस्तै भाइरस संक्रमणबाट गेरुवा गाउँपालिका–५ बर्दियाका ७० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।

बाँकेमा अहिले १५ जना सिकिस्त बिरामी छन् । ३३ जना मध्यम बिरामी हुँदा ६ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech