स्वास्थ्य राज्यमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको अंकुशः डा जागेश्वर गौतमको सरुवा स्थगित

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७८, मंगलवार

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गर्नुभएको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा रुद्र मरासिनीलाई पठाउनुभएको थियो ।

यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा रिता भण्डारीलाई पठाउनुभएको थियो ।

तर प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाउनुभएको छ । स्वास्थ्य मन्त्री आफैले राख्नुभएका प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठको निर्णयमा अंकुश लगाउनुभएको हो ।

 

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech