संक्रमित बढेपछि डोटीमा निषेधाज्ञा एक हप्ता लम्बियो

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७८, सोमबार

धनगढीः डोटीमा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ । नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका बिभिन्न शहर जाने र फर्किने क्रममा संक्रमण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझाव अनुसार निषेधाज्ञाको समयावधि यहि साउन २४ गते सम्मका लागि बढाइएको निमत्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

जिल्लामा निषेधाज्ञाको समयमावधि थप गरिएको यो नवौँ पटक हो । केन्द्रले बिहान ६ बजेदेखि राति ८ बजेसम्म पसल खोल्न र बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ४ सय भन्दा बढी पुगेको छ । अहिलेसम्म ११ जनाले ज्यान गुमाइ सकेका छन् ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech