खोपको प्रमाण पत्र निःशुल्क रुपमा उपलब्ध गराउन सरकारको निर्देशन

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७८, आईतवार

काठमाडौं: सरकारले कोरोना भाइरस विरुद्धको खोपको प्रमाण पत्र निःशुल्क रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको हो। वैदेशिक रोजगारी एवं अन्य कामका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकका लागि सरकारले खोप लगाएको प्रमाण पत्र जारी गर्दै आएको छ।

खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्ने साउन ७ गतेको सचिवस्तरको निर्णयअनुसार निर्देश भइसकेकोमा केही अस्पतालले शुल्क लिएको जनगुनासो आएको भन्दै मन्त्रालयले  उक्त निर्देशन कार्यान्वयन गर्न भनेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, निजामति कर्मचारी अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने गरिएको छ ।

 

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech