बारबरा फाउन्डेशनबाट उपकुलपति डा मंगल रावल सहित तीनजना सम्मानित

    • स्वास्थ्य पेज

  • १७ श्रावण २०७८, आईतवार

जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावल सहित तीनजना सम्मानित हुनुभएको छ । कोभिड–१९ ले भयावह अवस्थामा पुर्‍याएका बेला उपचारका क्रममा पुर्‍याएको योगदानको कदर गर्दै बारबरा फाउन्डेसनले प्रतिष्ठानका उपकुलपति डा रावललाई विशिष्ठ सम्मान प्रदान गरेको हो ।

त्यस्तै प्रतिष्ठानका पीसीआर ल्याब इन्चार्ज मानबहादुर बुढा र पारामेडिकल (सिएमए ) नन्द खत्रीलाई समेत सम्मान गरिएको छ । बारबरा फाउन्डेशनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई कोभिड १९ विशेष सम्मान प्रदान गर्ने क्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।

फाउण्डेसनद्धारा काठमाण्डौमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डा रामवरण यादव ,फाउण्डेसनका अध्यक्ष डा सन्दुक रुईत लगायतले उहाँहरुलाई पुरस्कार र कदर पत्र सहित सम्मान गर्नुभएको हो ।

उत्कृष्ट व्यवस्थापन, सार्वजनिक नीति विधामा विभिन्न अस्पतालका १९ जना विभागीय प्रमुखलाई पुरस्कार र सम्मान प्रदान गरिएकोमा तीमध्ये ३ जनालाई जनही नगद २ लाख ५० हजारसहित पुरस्कार दिइएको र अन्यलाई सम्मान गरिएको फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतले बताउनुभयो ।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech