१५८ नमुना जाँच गर्दा २१ जनालाई कोरोना पोजिटिभ

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७८, शनिबार

नेपालगन्ज: बाँकेका प्रयोगशालामा शनिबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा पीसीआर प्रयोगशालामा १५८ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ७६ नमुना परीक्षण गर्दा १३ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ४४ नमुना परीक्षण गर्दा ७ जना र बागेश्वरी ल्याबमा ३८ नमुना परीक्षण गर्दा १ जना गरि कुल २१ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।

आज थपिएका संक्रमित मध्य बाँकेका ९ जना छन् । हालसम्म जिल्लामा ८९ हजार ५२ नमुनाको पीसीआर परीक्षण सम्पन्न भईसकेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा संक्रमणबाट निको भएर थप १ जना डिस्चार्ज भएका छन् ।

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech