काठमाडौं: शनिबार देशभर ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार २६३ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार २८० जना र एन्टिजेन विधिबाट ४ हजार २५६ नमुना परीक्षण गर्दा ८२६ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार आज देशभर कोरोना संक्रमणबाट निको भएर १ हजार ९१६ जना डिस्चार्ज भएका छन् ।
योसँगै हालसम्म नेपालमा संक्रमण पुष्टि भएकाहरु मध्य ६ लाख ५४ हजार १७७ जना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार गएको २४ घण्टामा कोभिड संक्रमणकै कारण थप २३ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेहरुको कुल संख्या ९ हजार ८५७ पुगेको छ ।